बैशाख ११, २०८१, मंगलबार
               

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदलसँगै तराइका क्षेत्रमा हल्का गर्मीको महसुस भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ । साथै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि