बैशाख ०८, २०८१, शनिबार
               

जनताले सत्य कुरा बुझ्ने मौका पाए : नेता पोखरेल

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–माधव गैरकम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भीख माग्दै हिँडेको बताउँदै जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताएका छन् । 

बुधबार नेकपा ओलीनिकट राष्ट्रिय युवा संघको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले सो बताएका हुन् । 

‘उहाँहरुले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिस्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ,’ उनले भने, ‘उहाँहरुले जितेको परिणाम के हो त भन्दाखेरी कम्युनिस्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारका लागि भीख माग्न हिँड्दै हुनुहुन्छ ।’

कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैरकम्युनिस्टको सरकार बनाउन खोज्ने स्थिति पैदा उनीहरुबाट भएको बताउँदै पोखरेलले यही विषयलाई लिएर जनताबीच जाने बताए । 

प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्धमा गरिएका षड्यन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने बताउँदै उनले जनताले सत्य कुरा दुई महिनामा बुझ्ने मौका पाएको बताए ।


कस्तो लाग्यो ?

यो पनि