बैशाख १३, २०८१, बिहीबार
               

अवस्था अझै अन्योलपूर्ण छ: देउवा

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । 

संसद् विघटनको विषयमा मौन बसेका देउवा प्रतिनिधिसभा विघटन बदर भएको भोलिपल्ट कांग्रेस नेता महेन्द्र नारायण निधिको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका उनले सो बताएका हुन् । 

‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर, स्टेअर्डर नदिएको हुनाले चुनाव हुन्छ भन्ने हामीलाई लागेको थियो,’ सो क्रममा देउवाले भने, ‘त्यहीकारण संसद् पुनर्स्थापना भए पनि मान्छौँ, चुनाव भए पनि मान्छौँँ भनेको हो ।’

सो क्रममा उनले अवस्था अझै अन्योल नै रहेको बताए । ‘माधव नेपाल–प्रचण्डजीहरु कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्योल नै छ, सभापित देउवाले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने बताउँदै भने, ‘ओलीजीले संसद्मा बहुमत पुर्‍याउनुपर्छ, नभए छोड्दा राम्रो हुन्छ । तर, यसो गर् भनेर हामीले भन्ने होइन ।’

सो क्रममा उनले आफूलाई ओलीले राजीनामा दिन्छन् जस्तो नलागेको बताए । ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो मलाई लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । योभन्दा विकल्प छैन,’उनले भने । 

सो क्रममा उनले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतयोग्य रहेको बताउँदै देउवाले आफूहरुले नेकपा फुटोस् भनेर नचाहेको बताए ।

त्यसैगरी, देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले केही भन्न नसकेको बताएका छन् । 

‘माधव–प्रचण्डसँग आज कुरा भयो तर मैले उहाँहरुलाई केही प्रतिबद्धता जनाउन सकिनँ,’प्रतिबद्धता जनाउने अवस्था राजनीतिक रुपमा नभएको बताउँदै देउवाले भने, ‘नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौँ र कसैले पनि त्यस्तो चाहना राख्नुहुँदैन । उहाँहरु दुई समूहमा विभाजित हुनुहुन्छ, तर कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीको विषयमा सहमति गर्ने ?’

यो पनि