बैशाख ०६, २०८१, बिहीबार
               

अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूह स्थायी कमिटी बैठकको निर्णय

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि विकसित राजनीतिक घटनालाई आँकलनका लागि बसेको ओली समूहको बैठकले सो निर्णय गरेको हो।

मंगलबार सर्वोच्च अदालतले उक्त प्रतिनिधिसभा विघटनलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने फैसला गरेको थियो । ओली समूहको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । 

समग्र परिस्थितिबारेमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको पनि भएको सो क्रममा प्रवक्ता ज्ञावालीले बताए । त्यसैगरी, उनले देशका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमहरु स्वरुप परिवर्तन गरी स्थानीय अनुकुलतामा निरन्तरता दिइने निर्णय पनि भएको उनले जानकारी दिए।

‘देशका विभिन्न ठाउँका कार्यक्रमले निरन्तरता पाउँछन् । कहीँ कहीँ स्वरुप परिवर्तन होला तर हामीले जनताको बीचमा जे उद्देश्यका साथ हाम्रा भनाईहरु, सन्देश लैजाने गरी कार्यक्रमको तर्जुमा गरेका छौँ । स्थानीय अनुकूलता हेरेर निरन्तरता दिन्छौँ ।’


कस्तो लाग्यो ?

यो पनि