बैशाख ०८, २०८१, शनिबार
               

त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्यो

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको बताएका छन् ।  उनका अनुसार आगामी १५ चैत (मार्च २८) बाट विमानस्थलको सञ्चालन अवधि दैनिक २१ घण्टाबाट १८ मा सीमित गरिएको छ । अहिले विमानस्थल दैनिक २१ घण्टा सञ्चालन भइरहेको छ । 

काठमाडौं विमानस्थलबाट अहिले औसत दुई सय ३० हाराहारी उडान-अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ छन् भने आन्तरिक एक सय १५ हाराहारी छन् ।

प्रवक्ताका अनुसार उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको हो । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक नरहेको उनको भनाइ छ । 

प्रवक्ता कर्णका अनुसार विमानस्थल भने अब रातको साढे १२ बजे बन्द भई बिहान साढे ६ बजे मात्र खुल्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रातमाको समयमा उडान-अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकून् भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको जानाएको छ ।

अहिले अन्तर्राष्ट्रिय उडानमा सोचेजति यात्रु आउन नसकेको विमानस्थलले जनाएको छ । अध्यागमन विभागका अनुसार मंगलबार त्रिभुवन विमानस्थलबाट १६३७ अन्तर्राष्ट्रिय यात्रु नेपाल भित्रिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि