बैशाख १२, २०८१, बुधबार
               

डा. गोविन्द केसीको अनशन स्थगित

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ताक डा. गोविन्द केसीले आफ्नो अनशन स्थगित गरेका छन् । 

संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएको बताउँदै अभियान्ता केसीले बुधबारदेखि सुरु गर्ने भनिएको अनशन स्थगित गरेका हुन्। केसीले माइतीघरमण्डलामा पत्रकार सम्मेलन गरी आफूले अनशन स्थगित गरेको जानकारी दिएका हुन् ।

तर, सो क्रममा उनले विगतमा आफूसँग भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने बताए ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा ऐतिहासिक फैसला गरी देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल बनाएको उनको भनाइ छ । 

‘तर प्रतिनिधि सभा पुन: स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौँ,’ डा. केसीले भने, ‘अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन।’


कस्तो लाग्यो ?

यो पनि