बैशाख १४, २०८१, शुक्रबार
               

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपश्चात् विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेकपा प्रचण्ड–नेपाल समूहले सो बैठक बोलाएको हो । 

दिउँसो चार बजे नयाँबानेश्वरस्थित संसद् भवनमा उपस्थितका लागि सबै सांसदलाई आह्वान गरिएको छ । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गरेसँगै बुधबार अध्यक्षद्वय दाहाल र नेपाल सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि