बैशाख ०८, २०८१, शनिबार
               

पार्टी एकताका लागि पहल गर्न उपाध्यक्ष गौतमको आह्वान

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् ।

अदालतले संसद् विघटनललाई बदर गरेको भोलिपल्ट नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतमले न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै सो बताएका हुन् । 

संसद् विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै उनले पार्टी एकीकरणको सबैभन्दा बढी पहल प्रचण्डले गर्नुपर्ने उनको भनाइ छ । 

‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही साबित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्नेछ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो,’ सो क्रममा गौतमले भने ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व केपी शर्मा ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् । उपाध्यक्ष वामदेव गौतम भने दुवैतिर नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि