बैशाख ०७, २०८१, शुक्रबार
               

राजीनामा नदिने बरु अविश्वासको सामना गर्ने ओली नेकपाको निर्णय

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव फेस गर्ने भएका छन् । ओली समूहको नेकपाको स्थायी कमिटी बैठकले ‘राजनीनिमा नदिने बरु अविश्वासको मतको सामना गर्ने’ निर्णय गरेको हो ।

बुधवार बालुवाटारमा ओली नेतृत्वको नेकपा स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले मुलुकलाई अन्योलमा राख्नु हुन्न भन्नेमा प्रधानमन्त्री ओली सचेत भएकाले अन्य दलसँगको छलफल र परामर्शमा ओलीले निर्णय लिनेछन् ।

बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको उनको भनाइ छ । नेता ज्ञवालीले भने, ‘अहिलेको हकमा सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने हामीले निर्णय गरेका छौँ ।’

सर्वोच्चले मङ्गलवार सरकारको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको थियो भने १३ दिनभित्र संसद बैठक आह्वान गर्न परमादेश जारी गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि