बैशाख १३, २०८१, बिहीबार
               

वामदेव गौतमद्वारा केपी ओलीको तत्काल राजीनामा माग

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन् ।

उपाध्यक्ष गौतमले मंगलबार सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामाको माग गरेका हुन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद  विघटन गर्ने निर्णय पछि तटस्थ रहँदै आएका गौतमले आफू पार्टी एकताकै पक्षमा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा  दिनुपर्ने र  दुवै अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउन पनि माग गरेका छन् । 

उपाध्यक्ष गौतमले प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्चको स्वागत गर्दै तीनबुँदे माग पनि गरेकाका छन् । 

यस्तो छ उपाध्यक्ष गौतमको विज्ञप्ती 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७ साल फागुन ११ गतेको दिन ऐतिहासिक महत्वको रहेको छ । 

यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ ।

आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो ।

यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु ।

 यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु :

​१. सम्माननीय राष्ट्रपति महोदयले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ । 

२. प्रधानमन्त्री  केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट  ढिला नगरी तुरुन्त राजीनामा दिनु पर्छ । 

३. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क। केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।


कस्तो लाग्यो ?

यो पनि