बैशाख १२, २०८१, बुधबार
               

सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

अब प्रतिनिधिसभा पुनर्स्थापित भएको छ । 

सर्वोच्चको संवैधानिक इजलाशले संसद पुनस्थापनाको फैसला सुनाएको हो ।

सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश पनि दिएको छ ।

मुद्दाको पक्ष, विपक्ष र अदालतको सहयोगी ‘एमिकस क्युरी’ को बहस सकिएपछि इजलासमा बहस नोट बुझाउन प्रधानन्यायाधीश जबराले हिजोसम्मको समयसीमा दिएका थिए । त्यसको भोलिपल्टै आजै बहस नोटको अध्ययन गरिसकेपछि अदालतले फैसला गरेको हो ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध रिट परेका थिए । 

एमिकस क्युरीका पाँच जनामध्ये बहसमा पाँचजनाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि