बैशाख ०७, २०८१, शुक्रबार
               

संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री खोज्न मकहाँ आउनुपर्छ: ओली

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कदाचित संसद् पनर्स्थापना भए माधव  नेपाल र प्रचण्ड हात बाँधेर प्रधानमन्त्री खोज्न उत्तर-दक्षिण कुद्ने बताएका छन् । 

मंगलबार राजधानीमा आयोजित आफूनिकटस्थ राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा अदालतले देश अस्थितरतातर्फ जान नदिने बताउँदै अदालतलाई सो कुरा थाहा भएको बताएका हुन् ।

‘अदालतलाई राम्ररी थाहा छ नि पुनर्स्थापना भयो भने के हुन्छ ? अदालतलाई राम्ररी थाहा छैन र ? पुनःस्थापना भयो कथमकदाचित भने प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ । कहिले उत्तरतिर, कहिले दक्षिणतिर हिँड्नुहुन्छ,’ उनले भने ।

ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको बताए । प्रधानमन्त्री खोज्दै प्रचण्ड–नेपाल आफैँकहाँ आउनुपर्ने उनको भनाइ छ ।

‘उहाँहरुको कुनै चान्स छ ?  कुनै सम्भावाना छ प्रधानमन्त्री हुने ? विलकुल छैन । एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल । लडाइँ जित्नुभयो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । 

ओलीले संसदीय अभ्यासमा बहुमतको प्रधानमन्त्रीले चलाउने वातावरण नभए संसद् विघटन गर्न पाउने जिकिर गर्दै सूर्य चिह्नमा प्रचण्ड नलडेकाले सूर्यचिह्न नपाउने बताए । देश ठिक बाटोमा जाने र लोकतन्त्रलाई तलमाथि पर्न नदिने सो क्रममा उनले बताए ।

सो क्रममा उनले आफूलाई पनि युवा भएजस्तो लाग्ने गरेको बताउँदै अहिले पनि १८ घण्टा काम गर्ने गरेको सुनाए । ‘मैले अलिक अस्ति जुँगा कालो हुँदै गएको छ भनेको थिएँ । किन जुँगा कालो हुँदै गएको भने तपाइँहरुको शुभकामना, आशीर्वादले अहिले पनि १८ घण्टा काम गर्छु,’ ओलीले भने, युवाहरुको आशीर्वाद भएपछि युवा–युवापन आउँदो र’छ क्या ! मलाई पनि युवा–युवाजस्तो भइरा’छ ।’

उनले आफू युवा संघको आजीवन सदस्य भएकाले बूढो हुन मिल्यो र भन्दै प्रश्न पनि गरे ।

यो पनि