चैत १५, २०८०, बिहीबार
               

कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयअगडि वादी समुदायको धर्ना

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका छन् ।

व्यवस्थित बसोबासको माग गदै खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै वादी समुदाय धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताउँदै उनीहरु स्थायी पूर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर नफर्किने बताउँछन् । 

वादी समुदाय कालिकोट र दैलेखबाट पैदल हिँडेर सोमबार राति आठ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए ।अझै केही आउने क्रम जारी रहेको बताइएको छ । उनीहरुसँग आफ्नै खेतीयोग्य जमिन छैन । माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउँदै आएका उनीहरु आफूहरुलाई ठेकेदारले खोला पस्न नदिने र खोला पस्नका लागि स्थानीय सरकारको अनुमति चाहिन थालेको भन्दै गुनासो व्यक्त गरे । 

मुख्यमन्त्री कार्यालय अगाडिको खुल्ला चौरमा भोकै रात बिताएका उनीहरुलाई प्रदेश सरकारका प्रतिनिधिहरुले मंगलबार बिहान कभर्ड हलमा बस्न आग्रह गरेका थिए । तर, उनीहरुले सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म त्यहाँबाट नहट्ने अडान लिएका छन् ।

यो पनि