बैशाख ०७, २०८१, शुक्रबार
               

निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी नीति २०७७ कार्यान्वयनमा ल्याएको छ ।

आयोगले निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिकसञ्जालको उपयोगसम्बन्धी एकीकृत एवं उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले सो नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

आयोगले समाजिकसञ्चालले सिर्जना गरेका अवसर र सम्भावनाको निर्वाचनमा उपयोग गर्नका लागि सामाजिकसञ्जाल नीति २०७७ कार्यान्वयनमा ल्याएको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सो  नीतिले निर्वाचन व्यवस्थापनमा सूचना प्रवाहको विधि र प्रक्रियालाई सामाजिकसञ्जालको विशेषताअनुरूप हुनेगरी रूपान्तरण गरी सूचना प्रविधिको उपयोगमा सामाजिकसञ्जालले सिर्जना गरेका अवसर र सम्भावनाको उपयोग आउनसक्ने चुनौतीको व्यवस्थापन गर्न योगदान पुग्ने बताए । 

सामाजिकसञ्जालको उपयोग गरी निर्वाचन तथा मतदाता शिक्षा सामग्री, निर्वाचन आयोगका गतिविधि, निर्वाचनका सबै चरण र प्रक्रियाका निर्वाचनसम्बन्धी सूचनाहरू छिटोछरितो, मितव्ययी एवं प्रभावकारी तवरबाट सम्प्रेषण गर्न सकिने अवसर सिर्जना भएको आयोगको दाबी छ ।

यसका अलावा आयोगले सो नीतिले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन नीति सहयोग पुग्ने बताउँदै सूचना प्रविधि एवं सामाजिकसञ्जालको क्षेत्रमा कार्यरत निर्वाचनका सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा अघि बढ्न सहयोग पुग्ने आयोगको विश्वास छ ।

सो नीतिमा नीति कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समितिजस्ता संस्थागत व्यवस्था गरी समितिका काम, कर्तव्य र अधिकारबारे परिभाषित गरिएको छ । नीतिमा ६ वटा रणनीति र रणनीतिअन्तर्गत ३० वटा कार्यनीति तय गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि