बैशाख १३, २०८१, बिहीबार
               

स्रोत नखुलेको १० लाखसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौैं  । स्रोत नखुलेको १० लाखसहित सप्तरीबाट दुई महिला पक्राउ परेका छन् ।

तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ परेका हुन् । 

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५की ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको, सो रकमको स्रोत खुलाउन नसकेका कारण रकम बरामद गरी  दुवैलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि