बैशाख ०७, २०८१, शुक्रबार
               

शिशु हत्याको आशंकामा परिवारका सबै सदस्य पक्राउ

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । शिशुको हत्या हत्याको आरोपमा परिवारका सबै सदस्य पक्राउ परेका छन् ।  

एक वर्षीया शिशुको हत्याको  आशंकामा प्रहरीले रुपन्देहीका शिशुका आमाबाबुसहित पाँचजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान् २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरी छन् । 

शिशुका आफन्तले दानव खोलानजिकै गाडेको शव खबर प्रहरीले शव निकालेको छ ।

शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।

डिएसपी थापाका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि