बैशाख ०८, २०८१, शनिबार
               

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

मंगलबार सुनको मूल्य ह्वात्तै बढकाे छ । प्रति तोला ११०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कायम भएकाे हाे । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँ कायम भएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि