बैशाख ११, २०८१, मंगलबार
               

बालिका बलात्कारको आरोपमा १६ वर्षीय किशोरलाई ८ वर्ष जेल सजाय

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत सल्यानले १४ वर्षीया बालिका बलात्कारको आरोप लागेका १६ वर्षीय किशोरलाई ८ वर्ष जेलको सजाय सुनाएको छ । शारदा नगरपालिका– १५ निवासी ती किशोरलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको थियो  ।

तर,  आरोपी किशोरको उमेर नपुगेको कारण ८ वर्षसम्म जेलमा बस्नुपर्ने भएको हो । जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतले जनाएको छ ।

तर, आरोपित किशोरको उमेर नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको बताइएको छ । 

०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि