बैशाख ०७, २०८१, शुक्रबार
               

रोनाल्डो चम्किँदा युभेन्टसको सानदार जित

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टसले इटालियन सिरिएअन्तर्गतकाे खेलमा जित दर्ता गरेकाे छ । आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई ३-० गोलअन्तरकाे सानदार जीत निकालेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए । पहिलो हाफकै अतिरिक्त समयमा आरोन राम्सेको पासमा रोनाल्डोले फेरि अर्को गोल थपेपछि अग्रता दोब्बर भएको थियो ।

खेलको ६६औं मिनेटमा वेस्टन म्याकेनीले तेस्रो गोल गरेपछि युभेन्टसले ३-० ले जित सुनिश्चित गरेकाे हाे । यो जीतसँगै युभेन्टस २२ खेलमा ४५ अंकसहित रोमालाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि