फागुन १८, २०७७, मंगलबार
               

रोहिंग्या शरणार्थी चढेको डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

महिला र बच्चालगायत दर्जनौं रोहिंग्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएका अन्तर्राष्ट्रिय अधिकार समूह तथा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले सोमबार बताएका छन् ।

बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा गर्ने गर्छन् । यसरी सामुद्रिक मार्गमा लामो यात्रा गर्दा वर्षेनी सयौँ शरणार्थीले अकालमा ज्यान गुमाउने गरेका छन् ।

दुर्घटनाग्रस्त डुङ्गा ६५ महिला तथा बालबालिकासहित ९० जना शरणार्थी लिएर फेब्रुअरी ११ मा बङ्गलादेशबाट छुटेको एएफपीलाई प्राप्त विवरणमा बताएको छ । रोहिंग्याहरू चढेको डुङ्गालाई निगरानी गरेको अराकन प्रोजेक्ट नामक संस्थाका क्रिस लेवाका अनुसार डुङ्गा दुर्घटनापछि केही व्यक्ति लिएर पुनः समुद्रमा यात्रारत डुङ्गामा पानी र खाद्यान्न अभाव भएको र भारतको अण्डामान तथा निकोबार टापू नजिकैको समूद्री तटमा बगिरहेको छ ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले घटनामा छ महिला तथा दुई पुरूषले ज्यान गुमाएको पुष्टि गरेको छ । भारतीय समुद्री अधिकारीहरू घटना लगत्तै हाल यस क्षेत्रमा आइपुगेका उनीहरूले आप्रवासीहरूलाई अत्यावश्यक खाद्यान्न तथा अन्य सामान आपूर्ति गरेको बताइएको छ । 

यो पनि