बैशाख ०८, २०८१, शनिबार
               

युनाइटेड एअरलाइन्सका २४ विमान ग्राउण्डेड

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ। शनिवार उडेको केही बेरमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो ।

बोइङ्ग ७७७ विमान शनिबार डेन्वरबाट उडान भरेपछि इन्जिनमा समस्या आइ एक भागमा आगलागी भएको थियो।

२३१ जना यात्रु र चालक दलका १० सदस्यसहित उडान भरेको विमानको इन्जिनमा समस्या आइ आगलागी भएपछि डेन्वर विमानस्थलमै आकश्मिक अवतरण गरिएको थियो । 

सो घटनापछि जापानले बोइङ्ग ७७७ जहाज प्रयोग गर्ने एअरलाइन्सहरुलाई आफ्नो हवाई क्षेत्र प्रयोग नगर्न भनेको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले इन्जिन उत्पादक कम्पनी र बोइङ्गका प्रतिनिधिसँग यस सम्बन्धमा छलफलको तयारी पनि गरेको छ।


कस्तो लाग्यो ?

यो पनि