फागुन १३, २०७७, बिहीबार
               

कम्युनिष्ट नेता लामाको निधन

ADVERTISEMENT

लहान । कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिनुभएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए ।

तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनिहरुको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गरेका थिए । उनी कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

यो पनि