बैशाख १३, २०८१, बिहीबार
               

एसीमिलानमाथि इन्टरमिलानको सानदार जित

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

इटालियन सिरि 'ए' अन्तर्गतकाे खेलमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जित निकालेको छ । गएराति सम्पन्न शीर्ष दुई टोलीबीच भएको खेलमा इन्टरमिलान ३-० ले बिजयी भएको हो ।

पहिलो हाफको पाँचौं मिनेटमा इन्टरका फरवाड लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५७औं मिनेटमा मार्टिनेजले नै अर्को गोल थप्दै दोब्बर बनाएका थिए ।

६६औं मिनेटमा इन्टरका लुकाकुले तेस्रो गोल गरेपछि जित सुनिश्चित गरेकाे हाे । यो जीतसँगै इन्टरमिलान २२ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसीमिलान ४९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि