बैशाख ०८, २०८१, शनिबार
               

शीर्षस्थानको बायर्न म्युनिख पराजित

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख फ्रान्कफुर्टसँग २–१ ले पराजित भएकाे छ । बायर्नलाई स्तब्ध पार्न दाइची कामदा र एमिन युनेसले गोल गरे । रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बायर्नको हार टरेन । 

फ्रान्कफुर्टले खेलको १२औं मिनेटमा दाइची कामदाको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा एमिन युनेसले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ५३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेलमा खर्किने प्रयास गरे । त्यसपछि थप गोल हुन नसक्दा  शीर्षस्थानको बायर्न म्युनिखले हार स्वीकार्नु पर्‍यो । 

हारे पनि बायर्न २२ खेलबाट ४९ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा फ्रान्कफुर्ट ४२ अंक जोडेर चौथो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि