बैशाख १२, २०८१, बुधबार
               

एनआरएनए युएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

गैरआवासीय नेपालीसंघ (एनआरएनए) ले आर्थिक हिनामिना गरेकाे समाचार बाहिरिएपछि राष्ट्रिय समन्वय परिषद् युएईका अध्यक्ष प्रकाश कोइराला र द्वितिय उपाध्यक्ष पासाङ शेर्पालाई पदबाट निलम्बन गरेकाे छ । 

एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले कोभिड-१९ राहत तथा उद्धार कार्यक्रम सञ्चालन अभियानमा अनियमितता भएकाे ठहर गर्दै उनीहरूलाई निलम्बन गरेकाे हाे । उनीहरूले लाखौं रकम अनियमितता गरेकाे आरोपमा छानबिन भइरहेकाे छ । 

खर्च पारदर्शी नभएको र अनियमितता भएको गुनासो र टिकाटिप्पणीको आधारमा एनआरएनका अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्सीय छानवीन समिति गठन गरी उनीहरूलाई तत्कालका लागि निलम्बन गरिएकाे जनाइएकाे छ । साथै निरञ्जन सिलवाललाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी समेत दिइएकाे छ । 

गत वर्ष १ जुलाई २०२० मा सुरु गरिएको उद्धार परियोजना यसै महिना २८ फेब्रुअरी मा सम्पन्न हुँदै छ ।


कस्तो लाग्यो ?

यो पनि