बैशाख १३, २०८१, बिहीबार
               

जागिर नपाएपछि घाँस खाएर जीविका

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

घाँस र काठ खाएर मानिस बाँच्नसक्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्ला । तर पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुज्रनवाला जिल्लाका ५० वर्षीय मेहमुद बट पछिल्लो २५ वर्षदेखि घाँस खाएरै बाँचिरहेका छन् । 

जागिर नभएकाले खाद्यान्‍न किन्न सक्ने अवस्था समेत नरहेपछि घाँस खान थालेको उनले बताए ।  घाँस खान सुरु गरेदेखि उनी कहिल्यै बिरामी परेनन्, त्यसैले यही बानी विकास भयो ।

‘मेरो परिवारमा निकै गरिबी छाएको थियो । अरु कुरा त छोडौं हामीलाई खानसमेत धौ धौ थियो त्यसकारण सडकमा बसेर माग्नुको साटो जंगलका घाँस पात र काठ खान मुनासिव सम्झिएँ ,’ उनले भने,‘घाँसपात र काठ खानु मेरो बानी भइसकेको छ। घाँस खान थालेपछि म बिरामी पनि परेको छैन ।'

उनले घाँस खान थालेको केही वर्षपछि जागिर पाए । तर, आफ्नो बानी बदल्न ढिला भइसकेको थियो । खानाको लागि सधैं घाँसपात र काठको खोजी गर्ने गरेको उनले बताए । फरक स्वभावका कारण यी व्यक्ति टोल छिमेकमा निकै चर्चित छन् । 


कस्तो लाग्यो ?

यो पनि