बैशाख १३, २०८१, बिहीबार
               

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ६३चलचित्र छनोट

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि ६३ वटा चलचित्र छनोटमा परेका छन्।

विश्वभरका ५२ देशबाट प्राप्त चार सय ५० चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्र छनोटमा परेका हुन् । 

नेपाल चलचित्र तथा सांस्कृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको निफको चौथो संस्करण आगामी वैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ। तर, कोरोना महामारीको कारण विभिन्न सीमितताका कारण सबै देशको सबै राम्रो चलचित्र छनोट गर्न नसकिएको प्रतिष्ठानको भनाइ छ । 

महामारीका कारण नेपाली फिचर चलचित्र प्रतिस्पर्धाअनर्गत चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन। आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरू मात्र छनोटमा परेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि