बैशाख ०६, २०८१, बिहीबार
               

जो जन्मने बित्तिकै रुनुको सट्टा रिसाइन्

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

एजेन्सी । आमाको पेटबाट बच्चा जन्मनेबित्तिकै रुने गर्छ । यो सबैलाई थाहा भएकौ कुरा हो । तर एक बच्ची जन्मेपछि रिसाएर सबैलाई अचम्मित पारेकी छिन् ।

जन्मने बितिक्कै रुनुको सट्टा अनौठो अनुहार बनाएरएक नवजात शिशुले सबैलाई चकित बनाएकी हुन् । उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ब्राजिलको रियो दि जनेइरो अस्पतालमा आमा डेनी दि जेसस बरबोसाले शिशुलाई जन्म दिएकी हुन् ।

अस्पतालमा चिकित्सकले शिशुको फोक्सोले काम गरेको छ कि छैन भने जाँच्न उनलाई रुवाउन खोज्छन् । तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाउँछिन् । तस्वीर हेर्दा उनी रिसाएको जस्तो देखिन्छ।

बच्चीकी आमाले फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। 

फोटोग्राफरका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले गम्भीर प्रतिक्रिया देखाइन् र नाभी काटेपछि मात्रै रुन थालिन्।’


कस्तो लाग्यो ?

यो पनि