बैशाख १३, २०८१, बिहीबार
               

अमेरिकामा खुल्यो मुसाका लागि पनि क्याफे

एजेन्सी
फागुन १७, २०७६

ADVERTISEMENT

अमेरिकाको सान फ्रान्सिस्कोमा मुसाको लागि क्याफे खुलेको छ । उक्त रेष्टुरेन्टमा तपाईं मुसासँग एउटै टेबलमा बसेर कफी पिउन सक्नुहुन्छ । यस क्याफेको नाम ‘द ब्ल्याक र्याट’ क्पाफे हो । यो क्याफेले ती मानिसहरुलाई आकर्षित गर्नेछ, जसलाई मुसा मनपर्छ ।

यो क्याफेमा आएर मुसासँग दोस्ती पनि गर्न सकिन्छ ।  यो क्याफेमा एक कप कफीको मूल्य ५० डलर अमेरिकी डलर पर्छ । यति मात्र होइन, यदि तपाईं कफी पिउने क्रममा मुसासँग दोस्ती गर्नुहुन्छ भने उक्त मुसालाई आफैंसँग लैजान सक्नुहुन्छ ।

यो क्याफेको संचालन क्यालिफोर्नियाको र्याट्टी र्याट्ज नामको अडप्सन संस्थाले गरेको छ, संस्थासँग २ सय ५० भन्दा बढि पाल्तु मुसा छन् । यो संस्था सन् १९९८ मा बनाइएको थियो । यस संस्थाले यसअघि पनि यस्तै तरिकाले विभिन्‍न स्थानमा रेस्टुरेन्ट सञ्चालन गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि