बैशाख ०७, २०८१, शुक्रबार
               

बेल चम्किँदा टोटेनहम विजयी

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि सहज जित दर्ता गरेकाे छ । उक्त खेलमा ग्यारेथ बेलले एक गोल गरे भने गोलकाे अवशर बनाइदिँदा जित सहज भएकाे हाे ।

बिहीबार राति भएको खेलको १३औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । उनले ग्यारेथ बेलको पासमा  गोल गरेका हुन् । 

२८औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै ३–० को अग्रता दिलाए ।

५५औं मिनेटमा माइकल लिइन्डिलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८८औं मिनेटमा कार्लाेस भिनिसियसले  गोल गर्दै टोटेनहमलाई ४–१ को सहज जित दर्ता गराएका हुन् । 

यो महत्वपुर्ण जितसँगै टोटेनहमले प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि