बैशाख ०६, २०८१, बिहीबार
               

युरोपा लिगमा युनाइटेडको फराकिलो जित

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले फराकिलो जित निकालेको छ । टुरिनमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाईटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० गोल अन्तरले पराजित गरेकाे हाे । 

खेलको २७ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाईटेडको अग्रता २-० को रह्यो ।

६५ औं मिनेटमा राषफोर्डले गोल गर्दै ३-० को अग्रता बनायो ।  त्यसपछि खेलको ९० औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।

जितसँगै युनाईटेडले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि