बैशाख १३, २०८१, बिहीबार
               

सिटीको जितसँगै अंक तालिकामा १० अंककाे अग्रता

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जितसँगै अंक तालिकामा १० अंककाे अग्रता लिएकाे छ ।

बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । एभर्टनको मैदानमा सिटीलाई जिताउन खेलको ३२ औं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

खेलको ३७ औं मिनेटमा रिचार्लिसनले गोल फर्काएपछि खेल १-१ को अवस्थामा पुग्यो । खेलको ६३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै सिटीले उपाधि होड बलियो बनाएको छ । सिटीले २४ खेलमा ५६ अंक जोडेको छ । दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ । एभर्टन ३७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि