चैत १५, २०८०, बिहीबार
               

राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

कलैया । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ । करिब १८ लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण हुने भएको छ ।

शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा आठ लाख रुपैयाँ उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गरे । 

धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उनले बताए । उनले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि