चैत १५, २०८०, बिहीबार
               

दोस्रोपटक पनि महाभियोग लाग्‍नबाट जोगिए डोनाल्ड ट्रम्प

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । खरो रुपमा प्रस्तुत हुँदै आएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक महाभियोग लाग्‍नबाट जोगिएका छन् । उनिविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी सिनेटमा असफल भएको विभिन्न समाचारमा जनाइएको छ ।

गए राति भएको मतदानमा दुई तिहाई बहुमत आएपछि ट्रम्पविरुद्धको महाअभियोग असफल भएको बताइएको छ । उक्त मतदानमा महाअभियोगको पक्षमा ५७ मत आएको । त्यस्तै, विपक्षमा ४३ मत आएको बताइएको छ ।

सय सिट रहेको सिनेटमा दुई तिहाईका लागि ६७ मत आवश्यक पर्नेमा त्यो जुट्न नसकेपछि डोनाल्ड ट्रम्प महाअभियोग लाग्नबाट जोगिएका हुन् । शनिबार महाअभियोग माथिको बहस सकिएपछि मतदान गरिएको थियो ।

केही समय अगाडि अमेरिकी संसद भवन क्यापिटल हिलमा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो ।

यो पनि