बैशाख ०८, २०८१, शनिबार
               

गायक योगेशलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड’

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७’ बाट गायक योगेश वैद्य ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मानित हुने भएका छन् । शनिबारको फाउण्डेसनको सातौँ वार्षिक भेलाले वैद्यलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

यो पुरस्कारको राशी राशी एक लाख छ । भेलाले गायिका कुन्ती मोक्तानलाई ५० हजार राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, गायिका माण्डवी त्रिपाठीलाई २५ हजारसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७’ र पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि