बैशाख १३, २०८१, बिहीबार
               

'धर्मनिरपेक्षताबारे बहस गर्न सकिन्छ'

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

नेकपा नेताहरूलाई अहिले भ्याइ-नभ्याइ छ । कारण हो पार्टी फुट । फुटपछि कार्यकर्ता आफ्नो पक्षमा ल्याउने काम । अर्कोभन्दा आफ्नो समूहको पकड बलियो बनाउने चटारो छ यतिबेला । विभाजनपछि देशैभरका धेरै नेता तथा अगुवा कार्यकर्ताले कित्ता क्लियर गरिसके । तर मध्य तथा तल्लो तहका कतिपय नेता कार्यकर्ता अझै 'पर्ख र हेर'को रणनीतिमा छन् ।

कतिपय दोधारमा छन् । मूलभूत रूपमा उनीहरूसामु तीनवटा प्रश्न उठेका छन् । तीमध्ये पहिलो प्रश्न हो- कुन दल आधिकारिक होला ? अर्को चुनाव चिन्ह कसले पाउला या फ्रिज होला ? वा (लगभग सम्भावना समाप्त भएको) विभाजनबाट पार्टी जोगिएला ? यी तीन प्रश्नको उत्तर खोज्दै आफ्नो राजनीतिक जोडघटाउ र भविष्य हेरेर बसेका छन् कतिपय नेता तथा कार्यकर्ताहरू । नेतृत्व तहमा भने जोडघटाउ र तानातान जारी नै छ ।

उनले वैचारिक तर्क पनि जोडेँ । 'कम्युनिस्ट पार्टीमा एकता, संघर्ष र रूपान्तरणको विधि हुन्छ', उनले थपे- तर एकता, संघर्ष र फुट भयो । फुटमा जानु हुन्न भनेर मैले भनेको हो । वैचारिक रूपमै मतभेद हो ।'

नेपाल फ्याल्स बुधबार राति पुल्चोकस्थित केही मन्त्रीको सरकारी निवासमा पुग्दा धेरैजसो मन्त्रीहरू व्यस्त देखिन्थे । उनीहरू बेफुर्सदिला थिए । राति अबेरसम्म पनि उनीहरू आआफ्नो प्रभाव क्षेत्रका नेता तथा कार्यकर्ता भेटघाटमा थिए । त्यसमध्येका एक हुन् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ।

गृहजिल्ला कैलाली भएका भट्टले करिब चार दशकदेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिक साथ दिएका थिए । भट्ट सुदूरपश्चिमका लागि प्रचण्डको हस्ती थिए । उनकै व्यक्तित्व र प्रभावले त्यस क्षेत्रमा माओवादीले आफ्नो संगठन सुदृढ बनाएको थियो । तर एकाएक उनले प्रचण्डलाई छोडे ।

कुराकानीको सुरुवात त्यहीँबाट गरियो । प्रचण्डलाई छोड्नु सहज थियो ? हाम्रो पहिलो प्रश्नको जवाफमा मन्त्री भट्टले अलि भावुक हुँदै भने- 'यो अलि जटिल नै हो । र, पेचिलो प्रश्न पनि !' 

शब्द फरक भए होलान् । पात्र र माध्यम पनि अलग भए । तर पछिल्लो डेढ महिनादेखि उनीसामु सर्वाधिक सोधिएको सवाल यही थियो । 

त्यसपछि सोधियो- 'प्रचण्डलाई छोडेर ओलीलाई रोज्नुमा व्यवहारिक र वैचारिक कुन पाटो महत्त्वको छ ।' मन्त्री भट्ट अलि खुले- 'यो निर्णय त वैचारिक कारणले नै गरेको हो नि !'

उनले ओली र प्रचण्डबीच नेकपा एकता भएको उल्लेख गरे । उनले भने- 'प्रचण्ड र नेपालबीच त गुटको समीकरणमात्र भएको हो । मैले पार्टी छोडेर गुटको समीकरण गर्नु हुँदैन भने । त्यहाँदेखि कुरा मिल्छ छोडेको थियो । पार्टी एकतामा हस्ताक्षर गर्नेलाई छोडेर गुटको समीकरण गर्नु त भएन नि ।'

उनले वैचारिक तर्क पनि जोडेँ । 'कम्युनिस्ट पार्टीमा एकता, संघर्ष र रूपान्तरणको विधि हुन्छ', उनले थपे- तर एकता, संघर्ष र फुट भयो । फुटमा जानु हुन्न भनेर मैले भनेको हो । वैचारिक रूपमै मतभेद हो ।'

नेपालमा राजनीतिक दलहरूबीच आरोप प्रत्यारोप र गालीगलौज सामान्यजस्तै बनेको छ । त्यो क्रम जारी नै छ । विभाजनयता शक्ति प्रदर्शनको होड चलेको छ । त्यसैक्रममा धनगढीमै पुगेर प्रचण्ड मन्त्री भट्टमाथि खनिए । त्यो पनि निकृष्ट शब्दमा । त्यो सन्दर्भ उठाउँदा पनि भट्टले भने शालीन शैलीमा जवाफ दिए । पारिवारिक र व्यक्तिगत कमीकमजोरी उठाएनन् । उल्टो आफूलाई राजनीति सिकाएकोमा प्रचण्डप्रति आभार व्यक्त गरे ।

'मेरा सन्तान भए । प्रधानमन्त्री ओलीका सन्तान भएनन् । यसमा मेरो के दोष ?' जस्ता मानवीय संवेदनाहीन अभिव्यक्ति नदोहोर्‍याउन उनले प्रचण्डलाई सुझाव दिएका छन् । उनले भने- 'कमरेड प्रचण्डलाई म आग्रह गर्दछु यस खालको अभिव्यक्तिले तपाईँको कद बढ्दैन । उल्टो घटिरहेको छ ।'

तर मानिस न हो । कहीँ न कहीँ प्रचण्डको बाणले उनलाई पनि बिझाएको त थियो नै । शालीन भए पनि उनका अभिव्यक्तिमा त्यो छचल्कियो । भट्टले भने- 'मलाई हुर्काउनु भयो । राजनीति सिकाउनु भयो । अनि मन्त्री पनि बनाउनु भयो । म सदैव उहाँप्रति आभारी छु । तर उहाँलाई हुर्काउनेहरू पनि त छन् नि ! किन उहाँहरू प्रचण्डसँग छैनन् । त्यो चाहिँ कमरेड प्रचण्डले कहिल्यै भन्नु भएन ।' मन्त्री भट्टका ती भनाइ मोहनविक्रम सिंह, मोहन वैद्य र निर्मल लामासँग जोडिएर आएका थिए ।

पौने घण्टा लामो कुराकानीमा कम्युनिस्ट पार्टीभित्र एकले अर्कालाई गरेका गैरराजनीतिक गालीगलौजप्रति उनी चिन्तित देखिएका थिए । प्रचण्डले व्यक्तिगत तवरमा आफूलाई गाली गरेको सन्दर्भमा उनले जस्तो संस्कार पायो, त्यस्तै गर्ने हो भनेर टिप्पणी गरे ।

'मेरा सन्तान भए । प्रधानमन्त्री ओलीका सन्तान भएनन् । यसमा मेरो के दोष ?' जस्ता मानवीय संवेदनाहीन अभिव्यक्ति नदोहोर्‍याउन उनले प्रचण्डलाई सुझाव दिएका छन् । उनले भने- 'कमरेड प्रचण्डलाई म आग्रह गर्दछु यस खालको अभिव्यक्तिले तपाईँको कद बढ्दैन । उल्टो घटिरहेको छ ।'

धार्मिक मुद्दा

प्रचण्डसँगको सम्बन्धपछि कुराकानीको दोस्रो सन्दर्भ थियो पूर्वीय दर्शन र हिन्दुत्व । प्रधानमन्त्री ओलीको हिन्दुत्वप्रतिको झुकाव बढ्दो छ । पशुपतिनाथमा गएर उनले पूजाअर्चना गरेका छन् । अनि प्रचण्ड र माधव समूहले त्यही विषयमा सर्वाधिक प्रहार गरेको छ । भृकुटीमण्डपको आमसभामा पनि पशुपतिनाथमा गरेको पूजाप्रति प्रहार गरिएको थियो ।

पशुपतिमा पूजा गरेको विषयलाई किन यसरी उडाइयो ? तपाईँलाई के लाग्छ ? जवाफमा उनले यसलाई तपसिलको कुरा भएको बताए । उनले आफूलगायत सबै नेताहरू शिलान्यास तथा उद्घाटनहरूमा जाँदा पुजारीले भनेअनुसार गर्ने गरेको स्मरण गरे । उनले भने- 'त्यहाँ जनताको आस्था जोडिएको हुन्छ नि ! पुजारीले यहाँ अक्षता राख्नुस् । त्यहाँ फूल चढाउनुस् भन्छन् । हामीले त्यसैअनुसार गर्ने हो । जनताको आस्थासँग खेलबाड गर्ने होइन नि !' यस्तो कामकुरा खोज्दै गए कोही बाँकी नरहने मन्त्री भट्टले बताए ।  

प्रधानमन्त्री पूर्वीय दर्शनतर्फको आकर्षण देखिएको उनले पनि बताए । उनले थपे- 'पूर्वीय दर्शनभित्र विज्ञान छैन भन्ने होइन । त्यसको अध्ययन हामीले कति गर्‍यौँ । कति गरेनौँ । स्वयं प्रधानमन्त्रीको पूर्वीय दर्शनमा अलि दखल देखिन्छ । त्यो दखल पूर्ण हो कि होइन भन्ने सवाल पनि होला । कुनै ज्ञान पूर्ण त हुँदै हुँदैन ।'

त्यसो भए नेपालको संविधानमा भएको धर्मनिरपेक्ष राष्ट्रको मुद्दामा पुनर्विचार हुन लागेको हो त ! जनमानसमा अहिले एउटा विरोध र आशाको प्रश्न यो बनेको छ । हामीले पनि सोध्यौँ- 'के संविधानमा रहेको धर्मनिरपेक्षताको मुद्दा पुनर्विचार हुन्छ त ?'

मन्त्री भट्टले जवाफ दिए- 'रिथिंकिङ हुन्छ कि हुँदैन अलग विषय भयो । तर बहस नै हुँदैन भन्नु त भएन नि । बहस त हुन्छ नि ।'

उनले नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको उल्लेख गर्दै उनीहरूको आस्था र भावनाको विषयमा छलफल नै गर्न हुँदैन भन्नु र बहस नै नगर्नु गलत हुने बताए । उनले आफ्नो भनाइ अझ स्पष्ट बनाउने प्रयास गरे- 'छलफल हुँदैमा हामीले संविधानमा रहेको धर्मनिरपेक्षतालाई हटाउँछौँ भन्ने पनि होइन । अनि संविधानमा भएका सबै बुँदा अपरिवर्तनीय पनि होइनन् । त्यसैले बहस त हुन पाउँछ नि !'

शान्ति प्रक्रियामा आएपछि हालका प्रधानमन्त्री केपी शर्मा ओली पनि माओवादीको जातीय राज्यको कटु आलोचक थिए । संयोगले अहिले जातीय राज्यको विपक्षमा रहेका लेखराज भट्ट तिनै ओली सहयोद्धा बन्न पुगेका छन् । 

जातीय राज्यको विरोधमा संघर्ष

भट्ट माओवादीभित्र यस्ता अपवाद थिए, जो जातीय राज्य अस्वीकार गर्दथे । २०५८ सालमा रोल्पामा भएको संयुक्त क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेलामा प्रचण्डले जातीय राज्यको प्रस्ताव गर्दा उनी त्यसको विपक्षमा उभिएको बताए । त्यसपछि उनले पार्टीभित्रबाटै थारुविरोधी, जातिविरोधी र संघीयताविरोधीको ट्याग भिर्नु परेको थियो । 

त्यतिबेला कुन विश्लेषणका आधारमा तपाईँले त्यसको विरोध गर्नुभएको थियो ? हाम्रो यो प्रश्नको जवाफमा भट्टले भने- 'मार्क्सवादकै आधारमा हो । सिद्धान्तकै आधारमा हो । वर्गीय उत्पीडन समाप्त भएपछि जातीय उत्पीडन पनि समाप्त हुन्छ भन्ने मेरो सैद्धान्तिक बुझाइ हो ।'

शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी निरन्तर जातीय राज्यको विपक्षमा उभिए । 'नोट अफ डिसेन्ट' पनि लेखे । २०६८ सालसम्म अन्तर पार्टी संघर्षमा लागिरहे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन नेकपा नेता केपी शर्मा ओली पनि जातीय राज्यको कटु आलोचक थिए । माओवादीभित्र जातीय राज्यको विपक्षमा उभिएका लेखराज भट्ट संयोगले अहिले तिनै ओलीका सहयोद्धा बन्न पुगेका छन् । 

(उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टसँको अन्तर्वार्ता भोलि फागुन १ गते शनिबार प्रकाशित गरिने छ ।)


कस्तो लाग्यो ?

यो पनि