बैशाख १३, २०८१, बिहीबार
               

युभेन्टस कोपा इटालियाको फाइनलमा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । युभेन्टस कोपा इटालियाको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस पहिलो लिगको २-१ को अग्रताको आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो ।

दोस्रो लिगमा दुवै टिम गोल गर्न असफल भएपछि खेल ०-० को बराबरीमा सकिएको थियो ।यसअघि सम्पन्न पहिलो लिगमा युभेन्टस २-१ ले विजयी भएको थियो ।

अब युभेन्टस कोपा इटालियाको फाइनलमा नापोली या एटलान्टाविरुद्ध खेल्नेछ । पहिलो लिगमा गोलरहित बराबरीमा रहेका नापोली र एटलान्टा दोस्रो लिगको खेल आज राति खेल्दै छन् । कोपा इटालियाको फाइनल खेल भने आगामी मे १९ मा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि