बैशाख १३, २०८१, बिहीबार
               

बार्सिलोना सेभिल्लासँग पराजित

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सेभिल्लाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो ।

सेभिल्लाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सेभिल्लालाई १–० को अग्रता दिलाए ।

८५औं मिनेटमा इभान राकिटिचले सेभिल्लाका लागि दोस्रो गोल गरे र अन्ततः बार्सिलोना २-० ले पराजित भयो ।

पराजित भए पनि बार्सिलोना प्रतियोगिताबाट भने बाहिरिएको छैन । बार्सिलोनाले दोस्रो लिगमा कम्तीमा पनि २–० को जित हात पारेमा खेल बराबरीमा पुग्नेछ । बार्सिलोनालाई फाइनलमा पुग्न अबको खेलमा कम्तीमा ३-० को जित आवश्यक पर्नेछ ।

दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा मार्च ४ मा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि