बैशाख १२, २०८१, बुधबार
               

सानदार जितसहित सिटी क्वार्टरफाइनलमा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा सिटीले स्वान्सी सिटीविरुद्ध ३–१ को जित निकाल्ने क्रममा सिटीले क्वार्टरफाइनलमा स्थान बनाएकाे हाे । 

खेलको ३० औं मिनेटमा नै वाल्करले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा सिटीका रहिम स्टर्लिङले गोल गर्दै २–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै गाब्रियलले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा मोर्गनले गोल गर्दै स्वान्सीलाई ३–१ को अवस्थामा पुर्याए।

 


कस्तो लाग्यो ?

यो पनि