बैशाख ०८, २०८१, शनिबार
               

मेयर कप क्रिकेट आयोजना गर्न क्यान र काठमाडौं महानगरपालिकाबीच सम्झौता

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ ।

मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार क्यानले उक्त प्रतियोगिता आगामी चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कति टोलीलाई सहभागी गराउने भन्ने विषयमा क्यानले छलफलपछि टुङ्गो लगाउने छ । महानगरपालिकाले पहिलो चरणमा ६० प्रतिशत तथा दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउने छ ।

सम्झौतापछि क्यान अध्यक्ष चन्दले काठमाडौं महानगरपालिकासितको सम्झौतापछि प्रतियोगिता गराउन आफू उत्साहित भएको बताए । नेपालको क्रिकेटमा काठमाडौं महानगरपालिकाले ठूलो गुण लगाएको उल्लेख गर्दै उनले देशभरका अन्य स्थानीय तहलाई पनि नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गरे ।

महानगरका प्रमुख शाक्यले विगतमा नेपालको फुटबलको विकासका लागि विभिन्न क्लबलाई सहयोग गरेको उल्लेख गर्दै नेपालको क्रिकेटलाई अघि बढाउन क्यानसँग सहकार्य गरेको बताए ।


कस्तो लाग्यो ?

यो पनि