बैशाख १२, २०८१, बुधबार
               

जनलहर हाम्राे पक्षमा छ : प्रचण्ड

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरूको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीको पक्ष सडक र पार्टी दुवैमा एकतिहाई मात्र भएकाे दबवी गरे । 

‘केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समितिमा पनि एक तिहाइ छैन । उहाँले घमण्ड गर्नहुन्थ्यो,  सडकमा मेरो पक्षमा छन् भनेर फुर्ति गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘धनगढीमा उहाँ सहभागी कार्यक्रममा भएको जनसहभागितालाई लिएर फुर्ती लगाउनु भएको थियो तर आजको विशाल सहभागिताले उहाँको घमण्डलाई चुरचुर बनाइदिनु भयो ।’

'आफूले आफैँलाई खलनायक स्थापित गर्नुभएको छ केपी ओलीले,' उनले भने, 'यसो भनिरहँदा मलाई दु:ख लागिरहेको छ।' आफूहरु धनगढीमा कमेडी सो गर्न र उखान टुक्का हाल्न आएकाे हाेइन ।'

उनले थपे, ‘आफ्नै बुद्धिले, आफ्नै कर्मले, उहाँ अहिले इतिहासमा कलंकको टीका लगाउनुभएको छ । पतनको बटो हिँड्नुभएको छ । आफूले आफैलाई खलनायकको रुपमा स्थापित गर्नुभएको छ। यो भन्नुपर्दा मलाई कुनै खुसी छैन । दुःख छ।’


कस्तो लाग्यो ?

यो पनि