बैशाख ०८, २०८१, शनिबार
               

एपिएफ प्रधानमन्त्री कपकाे फाइनलमा

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

नेपाल एपिएफ क्लबले साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएकाे छ । 

बुधबार पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रनले हराउँदै दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । जितको लागि २०४ रनको विजयी लक्ष्य पछ्याएको पुलिस ४९.२ ओभरमा १७३ रनमा अल आउट भयो । 

एपिएफ समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । एपिएफले यसअघि दोस्रो संस्करणको उपाधि जितेको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार समूह बी को विजेता बागमती प्रदेश र समूह एको उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने छ । फाइनल शनिबार हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि