बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : विरोधका स्वर दबाउने प्रयास नगर्नूस्

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसद् विघटनविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वर दबाउने प्रयास नगर्न चेतावनी दिएको छ । 

सोमबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्रीलाई सो चेतावनी दिएको हो । ‘संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेसा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ,’ सो विज्ञप्तिमा उल्लेख छ । 

संसद् विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको कांग्रेसको ठहर छ । ‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो ।’

सर्वोच्चमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ को संज्ञा दिएको बताउँदै कांग्रेसले प्रधानमन्त्रीको सो अभिव्यक्तिले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको बताएको छ । विज्ञप्तिमार्फत् कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान गरेको  भन्दै प्रधानमन्त्रीको आलोचना पनि गरेको छ ।

‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन्,' विज्ञप्तिमा उल्लेख छ,  ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन, लज्जास्पद पनि छ ।’

यो पनि