बैशाख १४, २०८१, शुक्रबार
               

२४ घण्टामा थपिए ३३९ जना संक्रमित

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३९ जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । यही अवधिमा थप ४०१ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ६४ हजार ५३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि