बैशाख ११, २०८१, मंगलबार
               

सनराइज बैंकले थप्यो नयाँ ३ वटा शाखा

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सनराइज बैंकले दुई जिल्लामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । यस बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखा सञ्चालन गरेको हो ।

बैंकले उदयपुरको त्रियुगा नगरपालिका-४ बगाहा, सिद्धिचरण नगरपालिका-४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका-४ केत्तुके ओखलढुंगामा एक एक गरी ३ वटा नयाँ शाखा सञ्चालनमा गरेको हो ।

ग्राहकहरुलाई बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउमा नयाँ शाखाद्धारा बैंकिङ्ग सेवामा एटिएम कार्ड मार्फत कारोबार गर्न सहज हुने हिशावले सो शाखा सञ्चालनमा ल्याएको हो । 

हालसम्म बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि