बैशाख १२, २०८१, बुधबार
               

संसदमा कहिल्यै नारा र वेल घेर्ने काम भएन : सभामुख सापकोटा

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई कहिल्यै असहयोग नगरेको बताएका छन् ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय संसद्ले आफूलाई सहयोग नगरेको दाबी गरिरहेका बेला खण्डनस्वरुप उनले सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् । 

सहयोग भएन भन्ने कुरा आइरहेको बताउँदै उनले सो कुरामा सत्यता नभएको बताए । सो क्रममा उनले नीति कार्यक्रम, बजेटजस्ता विषय संसदबाट पास गर्ने  कुरामा हरेकमा कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग गरेको बताए । 

‘नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सर्वसम्मत रुपमा संविधान संशोधनमा संसदमा अभुतपूर्व एकता देखिएको थियो,’ उनले भने, ‘कुनैदिन पनि न त्यहाँ नारा लाग्यो, न वेल घेर्ने काम भयो ।’

अन्तरपार्टी महिला सञ्जालले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र सभामुखलाई बुझाएका थिए । सोको जवाफमा उनले प्रतिनिधिसभाको बैठक बोलाउन आफू सकारात्मक रहेको बताउँदै भने, ‘मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक अध्ययन, विश्लेषण गरिरहेको छु ।’ 


कस्तो लाग्यो ?

यो पनि