बैशाख १३, २०८१, बिहीबार
               

नेपाल राष्ट्र बैंकद्वारा १० अर्ब विकास ऋणपत्र बिक्री

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपियाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (ङ) नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।केन्द्रीय बैंकले उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गर्ने बताएको छ । 

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर (बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । सो ऋण खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । ऋणपत्रको बोलकबोल माघ १३ गते दिउँसो दुई बजेसम्म रहेको छ ।  उक्त ऋण माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ । 

उक्त ऋण लिन इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत रअप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ ।


कस्तो लाग्यो ?

यो पनि