चैत १६, २०८०, शुक्रबार
               

दाहाल-नेपाल पक्ष उत्साहित, ओलीलाई आराम गर्न सुझाव

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक मानेको भन्दै दाहाल-नेपल पक्ष उत्साहित भएको छ ।

आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौँ भनेकाले आफूहरु नै आधिकारिक भएको भन्दै उनीहरु उत्साहित भएका हुन् । 

सोमबार प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै दाहाल-नेपाल पक्षीय नेकपाका अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष नमाने पनि केही फरक नपर्ने बताए । आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुवै समूहको दाबीलाई अस्वीकार गर्ने निर्णय गरेको छ । 

यसअघि सो समूहले ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको र आफू नै आधिकारिक पार्टी भएको बताउँदै आएको थियो ।  ओलीलाई बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाइसकेको बताउँदै नेपाले भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुने बताउँदै उनले आयोगले दुई अध्यक्ष हुने भनेकाले घुमिफिरी अध्यक्षमा आफू नै आउने बताए ।


कस्तो लाग्यो ?

यो पनि