बैशाख ११, २०८१, मंगलबार
               

पशुपतिमा जलाइँदै गरिएको शव प्रहरीद्वारा बरामद

नेपाल फ्ल्यास
माघ १२, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

पशुपति आर्यघाटबाट एउटा शव प्रहरीले बरामद गरेकाे छ । हत्यापछि अन्त्येष्टि गर्न लागिएको आशंका गर्दै प्रहरीले सोमबार एकजना महिलाको शव बरामद गरेको हाे । 

महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । 

प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि