बैशाख ०८, २०८१, शनिबार
               

पार्टी एकताका लागि अझै दुई विकल्प छन् : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन् ।

माघ २३ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  बोल्ने क्रममा पोखरेलले सो कुरा बताएका हुन् । 

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’

 पुस  ५ मा संसद् विघटनसँगै नेकपा दुई धारमा देखिएको छ । त्यसयता दुवै पक्षले एकअर्काविरुद्ध आरोपप्रत्यारोप र प्रदर्शन गर्ने क्रम जारी छ । सोही क्रममा ओली समूह नेकपाविरुद्ध दाहाल-माधव समूह नेकपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । सोलगत्तै ओली समूहले माघ २३का लागि प्रतिपक्षी नेकपाविरुद्ध काठमाडौंमा प्रदर्शनको तयारी गर्दै छ ।

यो पनि